चेल्सीले जित्यो युईएफए सुपर कपको उपाधि एजेन्सी।स्पेनिस ला लिगा क्लब भिल्लारियाललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै चेल्सीले युईएफए सुपर कपको उपाधि जितेको छ।निर्धारित ९० र थपिएको ३० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।निर्धारित समयमा चेल्सीका हाकिम जियाच र भिल्लारियालका जेरार्ड मोरेनोले गोल गरेका थिए।चेल्सीले यो उपाधि जितेको दोस्रोपटक हो।यसअघि १९९८/९९मा सुपरकपको उपाधि जितेको थियो।च्याम्पियन्स लिग र युरोपा लिगको विजेताबीच सुपरकपको फाइनल हुन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्