मेस्सीको पारिश्रमिक बार्सिलोनामा भन्दा निकै कम, पीएसजीले एक सीजनको करिब ५ अर्ब रुपैयाँ दिने एजेन्सी।बार्सिलोना छाडेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)सँग औपचारिक रुपमा आबद्ध भएका छन्।मेस्सीसँग पीएसजीले दुई वर्षको सम्झौता गरेको छ।र, उनी अब ३० नम्बर जर्सीमा मैदानमा देखिने छन्।बार्सिलोनामा जुन पारिश्रमिक उनले पाइरहेका थिए पीएसजी जाँदा त्योभन्दा निकै कममा उनले सम्झौता गरेका छन्।उनले पीएसजीबाट एक सीजनमा ४ करोड १० लाख अमेरिकी डलर(करिब ५ अर्ब रुपैयाँ) पारिश्रमिक पाउने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्