बार्सिलोनाका स्ट्राइकर अग्वेरो १० हप्ता मैदानबाहिर काठमाडौं। म्यान्चेस्टर सिटीबाट यसै सिजन बार्सिलोना गएका स्ट्राइकर सर्जियो अग्वेरो १० हप्ता मैदान बाहिर हुने भएका छन्। अर्जेन्टिनी स्ट्राइकरले दाया खुट्टामा चोट बोकेपछि १० साता खेल्न नसक्ने भएका हुन्। ३३ वर्षीय अग्वेरोले यसै सिजन बार्सिलोनासँग २ सिजनको सम्झाैता गरेका हुन्। १० वर्ष सिटीमा बिताएका अग्वेरो सिटीका सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उनले सिटीका लागि प्रिमियर लिगसहित १५ उपाधि जितेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्