असोज दोस्रो साता हुने ईपीएलको टाइटल स्पोन्सर बजाज पल्सर काठमाडौं।असोज ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको टाइटल स्पान्सर बजाज पल्सरले गर्ने भएको छ।प्रतियोगिता त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिने छ।बजाज पल्सर एभरेस्ट प्रिमियर लिगको नामको रूपमा यो प्रतियोगित सञ्चालन हुनेछ।१४ दिने प्रतियोगितामा नेपालका उद्योगपतिहरुको स्वामित्वमा रहेका फ्रेन्चाइज क्लबहरु रहेका छन्। प्रतियोगितामा विराटनगर वारियर्स, काठमाडौं किंग्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स र भैरहवा ग्लेडिएटर्सले खेल्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्