मैत्रीपूणै खेलमा इन्टरको जित एजेन्सी। इटालियन सिरी ‘ए’ विजेता इन्टर मिलानले गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा दोस्रो श्रेणीको क्लब पर्मालाई २–० ले पराजित गरेको छ। मार्सेलो ब्रोजोभिकले ५९औं मिनेटमा गरेको गोलबाट इन्टरले अग्रता लियो। ६९औं मिनेटमा माटिएस भेसिनोले दोस्रो गोल थप्दै इन्टरको जित पक्का गरे। इन्टरले यसअघिको मैत्रीपूर्ण खेलमा क्रोटोनेलाई ६–० ले हराएको थियो। इन्टरले सिजन सुरु हुनुअघि डाइनामो किभविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्