गारेथ बेल पेनाल्टीमा चुकेपछि रियाल बराबरीमा रोकियो एजेन्सी। स्पेनिस महारथी रियाल मड्रिडले गएराती मैत्रीपूर्ण खेलमा इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ। लोनमा टोटेनह्याम गएर फर्किएका गारेथ बेलले ५० नम्बरको जर्सी लगाएका थिए। उनले ४०औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेनन्। उनको प्रहारलाई मिलानका गोलकिपर माइक काइगननले बचाइदिए। बेलले २०२० जुनदेखि रियालबाट खेलेका थिएनन्। रियालले १५ अगष्टमा डेपोर्टिभो अलाभेसविरुद्धको खेलबाट नयाँ सिजन सुरु गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्