युभेन्टसमाथि बार्सिलोनाको सहज जित एजेन्सी। लियोनल मेसीलाई बिदाई गरेको बार्सिलोनाले गएराती सम्पन्न मैत्रीपूर्ण खेलमा युभेन्टसलाई ३–० ले हराएको छ। बार्सिलोनाले तेस्रो मिनेटमै मेम्फिस डिपाएको गोलबाट अग्रता लियो। ५७औं मिनेटमा मार्टिन ब्रेथह्वाइटले अग्रता दोब्बर बनाए। अन्तिम मिनेटमा रिकार्ड पुइगले तेस्रो गोल थपेपछि बार्सिलोनाले सहज जित निकालेको हो। क्रिष्टियानो रोनाल्डोको युभेन्टसले गोल फर्काउन सकेन। बार्सिलोनाले १५ अगष्टमा रियाल सोसिडाडविरुद्धको खेलबाट लिगको नयाँ सिजन सुरु गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्