ओलम्पिकमा जापानको ऐतिहासिक उपलब्धि एजेन्सी। टोकियो ओलम्पिकको आयोजक जापानले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। जापानले अहिलेसम्मकै सबभन्दा २७ स्वर्णसहित कुल ५८ पदक जित्यो। जापानले यसअघि १९६४ र २००६ मा सबभन्दा धेरै भनेको १६ स्वर्ण पदक जितेको थियो। पाँच वर्षअघिको रियो ओलम्पिकमा जापानले १२ स्वर्ण पदक जितेको थियो। पदक तालिकामा जापान अमेरिका र चीनपछि तेस्रो स्थानमा रह्यो। अमेरिकाले ३९ र चीनले ३८ स्वर्ण पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्