पोखरामा हुने बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट नहुने काठमाडौं। मिडफिल्डर प्रकाश बुढाथोकी र एरिक विष्ट पोखरामा हुने बन्द प्रशिक्षणमा नहुने भएका छन्। नेपाली फुटबल टिमले पोखरामा बुधबारबाट बन्द प्रशिक्षण गर्दै छ। प्रकाश र एरिकको स्थान शिशिर लेखी र सेसेहाङ आङदेम्बेले लिनेछन्। त्यस्तै गोलकिपर विशाल सुनार पनि पोखरामा हुने एन्फाले जनाएको छ। साफ च्याम्पियनसिप र एसियन कप छनोट प्रतियोगिताको तयारीमा छ। साफअघि नेपालले दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्