फुटबल टिमले बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको बुधबारबाट पोखरामा बन्द प्रशिक्षण गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दश दिनको विश्रामपछि टिमले बुधबारबाट पोखरामा प्रशिक्षण गर्ने जनाएको छ। त्यसका लागि मंगलबार अफियसल र टिम सदस्य पोखरा पुग्नेछन्। साफ च्याम्पियनसिप र एसियन कप छनोट प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३६ खेलाडी बन्द प्रशिक्षणमा छन्। साफअघि नेपालले भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्