मेसीलाई भित्राएको घोषणा गर्न पीएसजीले आइफेल टावर भाडामा लिएको दाबी एजेन्सी। फ्रेन्च लिग वानको क्लब पिएसजीले अर्जेन्टिनाका फरवार्ड लियोनल मेसी भित्राएको घोषणा गर्न पेरिसको आइफेल टावर भाडामा लिएको जनाइएको छ। इएसपीएनका पत्रकार डिएगो मोरोइगका अनुसार पीएसजीले १० अगस्टका लागि तीन लाख युरो तिरेर टावर भाडामा लिएको छ। मेसीले पीएसजीसँग दुई वर्षको सम्झौता गर्न लागेको जनाइएको छ। तर मेसीले आज पत्रकार सम्मेलनमा कुनै पनि क्लबसँग सहमति भई नसकेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्