पीएसजी सम्भावित गन्तव्य हो, तर कुनै सहमति भैसकेको छैन: मेसी एजेन्सी। अर्जेन्टिनाका फरवार्ड लियोनेल मेसीले बार्सिलोना छाडेपछि फ्रेन्च लिग वानको क्लब पीएसजी सम्भावित गन्तव्य भए पनि कुनै सहमति भई नसकेको बताएका छन्। मेसीले भने, ‘बार्सिलोनासँगको यात्रा समाप्त भयो। अब नयाँ बाटो तय गर्नुपर्छ। पीएसजी एक सम्भावित गन्तव्य हो। तर मैले कसैसँग कुनै पनि सहमति गरेको छैन। धेरैले चासो देखाएका छन्। थुप्रै फोन आएका छन्। तर कतै पनि निश्चित भइसकेको छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्