मेसीले घरमा आयोजना गरे ‘फेयरवेल डिनर’ एजेन्सी। लियोनेल मेसीले बार्सिलोनाका साथीहरूका लागि आफ्नै घरमा ‘फेयरवेल डिनर’को आयोजना गरेका छन्। २१ वर्ष क्याटलानमा बिताएका मेसीलाई गत बिहीबार बार्सिलोनाले राख्न नसक्ने घोषणा गरेको थियो। मेसीले आज बार्सिलोनामा बिदाइ सम्बोधनसहित पत्रकार सम्मेलन गरेका थिए। उनले नजिकको साथीहरूका लागि ‘फेयरवेल डिनर’को आयोजना गरेका छन्। मेसीले भने, ‘हामीले यसलाई घरजस्तै ठानेका थियौँ। तर आज यहाँबाट गुड बाई भन्नु पर्ने भएको छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्