म क्लब छाड्नका लागि तयार थिइनँ: मेसी एजेन्सी। बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेसीले आफू क्लब छाड्न तयार नरहेको बताएका छन्। बार्सिलोनाले बिहीबार मेसीलाई क्लबमा राख्न नसक्ने घोषणा गरेको थियो। नयाँ सम्झौताका लागि दुवै पक्ष सहमत भएको भनिए पनि बार्सिलोनाले अन्तिम समयमा यस्तो घोषणा गर्यो। २१ वर्ष बार्सिलोनामा बिताएका मेसीले भने, ‘गत वर्ष धेरै कुराहरू भए। तर यस वर्ष स्थिति फरक थियो। म यो अवस्थाका लागि तयार थिइनँ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्