पारसको जर्सी नम्बर अब कसैले प्रयोग गर्न नपाउने काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अब अन्तर्राष्ट्रिय क्रिकेटमा कसैले प्रयोग गर्न नपाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पारसको सम्मानमा ७७ नम्बरको जर्सी अब प्रयोग नगर्ने निर्णय गरेको हो। ३४ वर्षे पारसले गत मंगलबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। पारसले २००४ मा नेपाली टिममा डेब्यू गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्