टोकियो ओलम्पिकः अमेरिकी महिला भलिबल टिमलाई ऐतिहासिक स्वर्ण एजेन्सी। अमेरिकी महिला भलिबल टिमले ब्राजिलाई ३–० को सोझो सेटमा हराउँदै पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेको छ। अमेरिकाले यसअघि तीन पटक रजत र दुई पटक काश्य पदक जितेको थियो। अमेरिकाले ब्राजिललाई २५–२१, २५–२०, २५–१४ को सेटमा हराएको हो। अमेरिका २००८ र २०१२ को फाइनलमा ब्राजिलसँगै हारेको थियो। सर्वियाले दक्षिण कोरियालाई हराउँदै काश्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्