हालान्डको ह्याट्रिकमा डर्टमण्डको सहज जित एजेन्सी। इर्लिङ ब्राउट हालान्डले २५ मिनेटको अन्तरालमा ह्याट्रिक गरेपछि बोरुसिया डर्टमण्टले जर्मन कपमा तेस्रो श्रेणीको क्लब वेहेन विसबाडेनलाई ३–० ले हरायो। २१ वर्षे फरवार्ड हालान्डले २६औं मिनेटमा पहिलो गोल गरेका थिए। ३१औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरेका हालान्डले ५१औं मिनेटमा ह्याट्रिक गरे। नर्वेका हालान्डले गत सिजन बुन्डेसलिगामा २७ गोल गरेका थिए। डर्टमण्डले शनिबार इन्ट्राचट फ्रांकफर्टविरुद्धको खेलबाट बुन्डेसलिगाको सुरुआत गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्