फ्रेन्च लिग वानमा पीएसजीको विजयी सुरुआत एजेन्सी। आच्रफ हाकिमी र माउरो इकार्डीको गोलमा पीएसजीले गएराति ट्रोएसमाथि २–१ को नतिजा निकाल्दै फ्रेन्च लिग वानमा विजयी सुरुआत गरेको छ। गत सिजन पीएसजी लिगको दोस्रो स्थानमा सीमित भएको थियो। पीएसजीका लागि हाकिमीले १९ र इकार्डीले २१औं मिनेटमा गोल गरे। त्यसअघि ओउलिड इल हाजमको गोलबाट ट्रोएसले नवौं मिनेटमा अग्रता लिएको थियो। पीएसजी अहिले बार्सिलोना छाडेका मेस्सीलाई भित्र्याउने प्रयासमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्