टोकियो ओलम्पिकः विश्व कीर्तिमानधारी किपचोगेले जिते म्याराथनमा स्वर्ण एजेन्सी। म्याराथनमा विश्व कीर्तिमानधारी केन्याका इलिउड किपचोगेले ओलम्पिकमा लगातार दोस्रो पटक स्वर्ण पदक जितेका छन्। उनले निर्धारित दुरी २ घण्टा ०८.३८ मिनेटमा पार गरे। किपचोगेको नाममा २ घण्टा ०१.३९ मिनेटको विश्व कीर्तिमान छ। नेदरल्यान्डका नागेई अबडीले २ घण्टा ०९.५८ मिनेटमा दुरी पार गर्दै रजत पदक जिते। बेल्जियमका बाशिर अबडीले २ घण्टा १०.०० मिनेटमा दुरी पार गर्दै काश्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्