कप्तान रुटको शतक, भारतलाई २०९ रनको लक्ष्य एजेन्सी। कप्तान जो रुटले १०९ रन बनाएपछि इङ्ल्यान्डले भारतविरुद्धको पहिलो टेष्टमा सम्मानजनक लक्ष्य पेस गरेको छ। २५/० को स्थितिबाट चौथो दिन थालेको इङल्यान्डले ३०३ बनाउँदा सबै विकेट गुमायो। इङ्ल्यान्डले पहिलो इनिङमा १८३ रन बनाएको थियो। भारतका जसप्रित बुमराहले पाँच विकेट लिए। चौथो दिन सकिँदा भ्रमणकारी भारत ५२/१ को स्थितिमा छ। भारतलाई अन्तिम दिन जितका लागि १५७ रनको आवश्यकता छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्