लेष्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि एजेन्सी। कम्युनिटी शिल्डको उपाधि लेष्टर सिटीले जितेको छ। वेम्बली स्टेडियममा गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो। लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले खेलकाे ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे। लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो। कम्युनिटी शिल्डको फाइनलमा प्रिमियर लिग विजेता र एफए कप विजेताले प्रतिस्पर्धा गर्ने गर्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्