टोकियो ओलम्पिकः महिला ४ गुणा ४०० मिटर दौडमा अमेरिकालाई लगातार सातौँ स्वर्ण एजेन्सी। अमेरिकाले एथलेटिक्स महिला ४ गुणा ४०० मिटर दौडमा लगातार सातौँ पटक स्वर्ण पदक जितेको छ। अमेरिकाले ३ मिनेट १६.८५ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेको हो। पोल्यान्डले ३ मिनेट २०.५३ सेकेन्डमा दुरी पार गर्दै रजत पदक जित्यो। जमैकाले ३ मिनेट २१.२४ सेकेन्डमा दुरी पार गर्दै कास्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्