युनाइटेडको सहज जित एजेन्सी। म्यानचेस्टर युनाइटेडले सिजन पूर्वको मैत्रीपूर्ण खेलमा आज एभर्टनलाई ४–० ले हराएको छ। ओल्ड ट्राफोर्ड युनाइटेडले आठौँ मिनेटमा मासन ग्रिनउडको गोलबाट अग्रता लिएको थियो। ह्यारी म्यागुएरले १५औँ मिनेटमा अग्रता दोब्बर बनाए। २९औँ मिनेटमा ब्रुनो फर्नान्डेजले तेस्रो गोल थपे। डिएगो डालोटले ९०औँ मिनेटमा अर्को थपेपछि युनाइटेडले सहज जित निकालेको हो। युनाइटेडले अब १४ अगष्टमा लिड्स युनाइटेडविरुद्धको खेलबाट लिगको सुरुआत गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्