टोकियो ओलम्पिकः नदेरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्समा जितिन् दोस्रो स्वर्ण एजेन्सी। नेदरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। हसनले २९ मिनेट ५५.३२ सेकेन्डमा दुरी पार गरिन्। टोकियोमा उनको यो दोस्रो स्वर्ण पदक हो। उनले ५ हजार मिटरमा स्वर्ण र १५ सय मिटर दौडमा कास्य पदक जितेकी थिइन्। बहराइनकी कलकिडन गेजाहेजनीले रजत र इथियोपियाकी लेटेसेनबेट गिडेले कास्य पदक जितिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्