टोकियो ओलम्पिकः भारतले जित्यो स्वर्ण पदक एजेन्सी। भारतका नीरज चोपराले ओलम्पिकमा एथलेटिक्सको ज्याबलिन थ्रोमा स्वर्ण पदक जितका छन्। भारतले ओलम्पिकको ट्र्याक एण्ड फिल्डमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो। यसअघि भारतले १९०० पेरिस ओलम्पिकमा ट्र्याक एण्ड फिल्डको २०० मिटर दौड र २०० मिटर हर्डल्समा रजत पदक जितेको थियो। चोपराले एसियन र कमनवेल्थ गेम्समा पनि स्वर्ण पदक जितेका थिए। रजत र कास्य चेक गणतन्त्रले जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्