ग्रिज्मानको गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित
काठमाडौं। एन्टोइन ग्रिज्मानको दुई गोलमा बार्सिलोनाले तेस्रो श्रेणीको क्लब युडी इबिजालाई २-१ ले हराउँदै कोपा डेल रेको अन्तिम १६ मा स्थान बनाएको छ।

बार्सिलोनाले ३० पटक कोपा डेल रेको उपाधि जितिसकेको छ।

पछिल्लो पाँच सिजनमा चार पटक उपाधि उचालेको बार्सिलोनाले लियोनल मेसी र जेरार्ड पिकेलाई आराम दिएको थियो।

घरेलु टोली इबिजाले नवौं मिनेटमा अग्रता लिएको थियो।

इबिजाको जाभि परेजले नासिमेन्टोको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए।

परेजले गोल गर्दा ४५ सय दर्शक क्षमताको रंगशालाको मोहल रोमाञ्चक बनेको थियो।

तर, इबिजाले उक्त अग्रतालाई अन्तिमसम्म कायम राख्न सकेन।

भारी वर्षा भएको खेलमा फ्रान्सका गिज्मानले ७२औं मिनेटमा बराबरी गोल फर्काए।

गिज्मानले इन्जुरीमा अर्को गोल थप्दै बार्सिलोनालाई जित दिलाए।

इबिजालाई बार्सिलोना पूर्वखेलाडी पाब्लो अल्फारोले प्रशिक्षण दिइरहेका छन्।

अल्फारोले बार्सिलोनाका प्रशिक्षक क्वेक सेटिनसँग रेसिङ सान्टान्डरबाट तीन वर्षसँगै खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्