टोकियो ओलम्पिकः बुल्गेरियाकी क्रास्तेभाले जितिन् बक्सिङमा स्वर्ण एजेन्सी। बुल्गेरियाकी स्टोएका क्रास्तेभाले महिला बक्सिङको फ्लाईवेट तौल समूहमा स्वर्ण पदक जितेकी छिन्। ३६ वर्षीया क्रास्तेभाले टर्कीकी बुज नाज काकिरोग्लुलाई ५-० ले हराएकी थिइन्। उनले पहिलो, तेस्रो, चौथो र पाँचौँ राउन्डमा ३०–२७ तथा तेस्रो राउन्ड २९–२८ अंकले जितेकी थिइन्। बुल्गेरियाले १९९६ पछि बक्सिङमा स्वर्ण पदक जितेको यो पहिलो पटक हो। ताइवान र जापानले बक्सिङमा कास्य पदक जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्