टोकियो ओलम्पिकः युफाईले जिते बेलायतका लागि बक्सिङमा पहिलो स्वर्ण एजेन्सी। गलाल युफाईले फिलिपिन्सका कार्लो पालमलाई हराउँदै टोकियो ओलम्पिकमा बेलायतका लागि बक्सिङमा पहिलो स्वर्ण पदक जितेका छन्। २८ वर्षे युफाईले फ्लाईवेटमा पालमलाई ४–१ ले हराएका हुन्। युफाईले पहिलो, तेस्रो, चौथो र पाँचौँ राउन्ड २९–२८ अंकले जितेका थिए। दोस्रो राउन्ड भने पालमले २९–२८ ले जितेका थिए। जापानका रोमेई तानाका र काजकिस्तानका साकेन बिबोसिनोभले कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्