सेप्टेम्बरपछि बेलको पहिलो गोल
काठमाडौं। गारेथ बेलले सेप्टेम्बरपछि पहिलो गोल गरेको दिन रियाल मड्रिडले गएराति केपा डेल रेमा तेस्रो श्रेणीको क्लब युनियनिस्टसलाई ३-१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ।

सालामान्कामा वेल्सका फरवार्ड बेलले १८औं मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो।

युनियनिस्टसका बैकल्पिक खेलाडि अल्भारो रोमेरोले ५७औं मिनेटमा बराबरी गोल फर्काए।

६२औं मिनेटमा जुआन गोंगोराले गरेको आत्मघाती गोलमा रियालले पूनः अग्रता लियो।

अन्तिम मिनेटमा म्यानचेस्टर सिटीको पूर्व मिडफिल्डर ब्राहिम डियाजले अर्को गोल थपेपछि रियाल अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

बेल जारी पिडौंलाको चोटबाट थलिएका थिए। उनी प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्धका कारण पनि चर्चामा छन्।

जिदानसँगको उनको सम्बन्ध चिसिएको छ। उनले पछिल्लो समय १ सेप्टेम्बरमा ला लिगामा भिल्लारियालविरुद्ध गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्