टोकियो ओलम्पिकः ब्राजिललाई हराउँदै अर्जेन्टिनाले ३३ वर्षपछि जित्यो पदक एजेन्सी। अर्जेन्टिनाले ब्राजिललाई ३–२ को सेटमा हराउँदै पुरुष भलिबलमा कास्य पदक जितेको छ। ओलम्पिक भलिबलमा अर्जेन्टिनाको यो दोस्रो पदक हो। १९८८ मा पनि अर्जेन्टिनाले ब्राजिललाई हराउँदै कास्य पदक जितेको थियो। अर्जेन्टिनाले २५–२३, २०–२५, २०–२५, २५–१७, १५–१३ ले हराएको हो। स्वर्ण पदकका लागि आजै फ्रान्स र रूसबीच प्रतिस्पर्धा हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्