टोकियो ओलम्पिकः बास्केटबलमा अमेरिकाले लगातार चौथो पटक जित्यो स्वर्ण एजेन्सी। अमेरिकाले आज फ्रान्सलाई ८७–८२ को स्कोरमा हराउँदै पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको यो लगातार चौथो पटक हो। अमेरिकाका केभिन डुरान्टले सबभन्दा धेरै ३९ अंक जोडे। ओलम्पिकमा तीन स्वर्ण पदक जितेका डुरान्टले २०१२ र २०१६ को फाइनलमा समान ३० अंक जोडेका थिए। १९४८ र २००० मा पनि फ्रान्सले रजत पदक जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्