तत्काल अफगानिस्तान छाड्न बेलायती नागरिकलाई आग्रह एजेन्सी।बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न निर्देशन दिएको छ।अमेरिकी सेनाको फिर्ती प्रक्रियासँगै तालिबानले तीव्र रुपमा अफगानिस्तानाथि कब्जा जमाइरहेको छ। तालिबानको बढ्दो प्रभावसँगै बेलायतले आफ्ना नागरिकलाई जतिसक्दो छिटो अफगानिस्तान छाड्न सल्लाह दिएको हो।बेलायत सरकारले स्वदेश फर्किनका लागि दूतावासमा सम्पर्क राख्न समेत भनेको छ। बेलायतले अफगानिस्तानमा पश्चिमी देशका नागरिकमाथि खतरा रहेको भन्दै समग्र सुरक्षा अवस्थाको समीक्षापछि यो निर्णय लिएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्