सिटीका डी ब्रुयना र फोडानले कम्युनिटी शिल्ड नखेल्ने एजेन्सी। चोटका कारण म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना र फिल फोडानले आज हुने कम्युनिटी शिल्ड नखेल्ने प्रशिक्षक पेप ग्वार्डिओलाले बताए। प्रिमियर लिग विजेता सिटीले आज एफए कप विजेता लेस्टर सिटीविरुद्ध कम्युनिटी शिल्डको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। डी ब्रुयना र फोडान युरो–२०२० को दौरान घाइते भएका थिए। कीर्तिमानी महंगो मूल्यमा भित्र्याइएका ज्याक ग्रेलिस पनि बेन्चमा बस्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्