अर्जेन्टिनाका रक्षक रोमेरो टोटेनह्याममा अनुबन्ध एजेन्सी। इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामले अर्जेन्टिनाका रक्षक क्रिष्टियन रोमेरोलाई चार करोड ७० लाख पाउण्डमा अनुबन्ध गरेको छ। एटलान्टाका रोमेरोलाई भित्र्याउन टोटेनह्यामले क्लबको दोस्रो महंगो रकम खर्च गरेको हो। अर्जेन्टिनाबाट कोपा अमेरिकाको उपाधि जितेका २३ वर्षीय रोमेरो गत सिजन इटालियन सिरी ‘ए’मा उत्कृष्ट रक्षक बनेका थिए। टोटेनह्यामले रोमेरोलाई कति अवधिका लागि अनुबन्ध गरेको भनेर खुलाएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्