मेस्सीलाई भित्र्याउने योजना छैन : ग्वार्डिओला एजेन्सी। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मेस्सीलाई क्लबमा भित्र्याउने कुनै योजना नभएको बताएका छन्। ग्वार्डिओला भन्छन्, ‘तत्कालको अवस्थामा सिटीको ट्रान्सफर योजनामा मेस्सी विल्कुल छैनन्।’ बार्सिलोना बिहीबार अप्रत्यासित रुपमा मेस्सी क्लबमा नरहने घोषणा गरेको थियो। ग्वार्डिओलाले २००८ देखि २०१२ सम्म बार्सिलोनाको प्रशिक्षण सम्हालेका थिए। त्यसकारण पनि मेस्सी सिटीमा जाने चर्चा गरिएको थियो। तर ग्वार्डिओलाले मेस्सीसँग कुरा नभएको प्रष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्