टोकियो ओलम्पिकः महिला म्याराथनमा स्वर्ण र रजत पदक केन्याको पोल्टोमा एजेन्सी। केन्याकी पेरेस जेपचिरचिरले एथलेटिक्स महिला म्याराथनमा स्वर्ण पदक जितेकी छन्। जेपचिरचिरले २ घण्टा २७.२० मिनेटमा दुरी पार गरेकी हुन्। उनले देशकी ब्रिगिड कोसगेईलाई १६ सेकेण्डले पछि पारेकी थिइन्। कोसगेईले २ घण्टा २७.३६ मिनेटमा दुरी पार गरिन्। अमेरिकाकी मोली सेइडेलले काश्य पदक जितिन्। सेइडेलले २ घण्टा २७.४६ मिनेटमा दुरी पार गरिन्। महिला म्याराथनको फाइनल चरणमा ८८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्