अष्ट्रेलियालाई हराउँदै बंगलादेशले रच्यो इतिहास एजेन्सी। बंगलादेशले अष्ट्रेलियालाई हराउँदै इतिहास रचेको छ। बंगलादेशले तेस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई १० रनले हराउँदै पाँच खेलको शृंखला ३–० ले जितेको छ। बंगलादेशले अष्ट्रेलियाविरुद्ध क्रिकेटको कुनै पनि स्वरुपमा शृंखला जितेको यो पहिलो हो। टस जितेर ब्याटिङ गरेको बंगलादेशले ९ विकेट गुमाएर १२७ रन बनाएको थियो। १२८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४ विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्