टोकियो ओलम्पिकः एथलेटिक्स पुरुष ४ गुणा १०० मिटर रिलेमा इटालीलाई ७३ वर्षपछि स्वर्ण एजेन्सी। इटालीले एथलेटिक्स पुरुष ४ गुणा १०० सय मिटर रिलेमा स्वर्ण पदक जितेको छ। १०० मिटर दौडका विजेता मार्सेल ज्याकोबले दोस्रो स्वर्ण पदक जितेका छन्। इटालीले ३७.५० सेकेन्डमा दुरी पार गर्‍यो। १९४८ लन्डन ओलम्पिकमा कांस्य पदक जितेपछि इटालीले रिलेमा पहिलो पदक जितेको हो। ०.०१ सेकेन्डले पछि परेको बेलायतले रजत पदक जित्यो। ३७.७० सेकेन्डमा दुरी पार गरेको क्यानडाले कास्य पदक जित्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्