टोकियो ओलम्पिकः केन्याकी किपएगनले जितिन् एथलेटिक्स १५ सय मिटर दौडको स्वर्ण एजेन्सी। केन्याकी फैथ किपएगनले एथलेटिक्स महिला १५ सय मिटर दौडमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। उनले ३ मिनेट ५३.११ सेकेन्डमा दुरी पार गरेकी हुन्। रोमानियाकी पाउला इभानको नाममा ३ मिनेट ५३.९६ सेकेन्डको ओलम्पिक कीर्तिमान थियो। बेलायतकी लाउरा मुइरले ३ मिनेट ५४.५० सेकेन्ड र नदरल्यान्ड्सकी सिफन हसनले ३ मिनेट ५५.८६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्