टोकियो ओलम्पिकः एथलेटिक्स महिला ४ सय मिटर दौडमा मिलर–विबोले जितिन् स्वर्ण एजेन्सी। बाहमसकी शाउनाए मिलर–विबोले एथलेटिक्स महिला ४ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन्। उनले ४८.३६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। डोमिनिसियन गणतन्त्रकी मारिलेइडी पाउलिनोले ४९.२० सेकेन्ड र अमेरिकाकी एलिसन फेलिक्सले ४९.४६ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते। ओलम्पिकमा फेलिक्सको १०औँ पदक हो। उनी सबभन्दा धेरै पदक जित्ने महिला खेलाडी बनेकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्