टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण एजेन्सी। युगान्डाका जोसुआ चेप्तेगीले एथलेटिक्स पुरुष ५ हजार मिटर दौड १२ मिनेट ५८.१५ सेकेन्डमा दुरी पार स्वर्ण पदक जिते। उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ। क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्