आफ्नै समर्थकले गिज्याए युनाइटेडलाई
काठमाडौं। घरेलु मैदानमा ओल्ड ट्राफोर्डमा बर्नलीसँग २-० ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडलाई आफ्नै समर्थकले गिज्याएका थिए।

इङ्लिस प्रिमियर लिगको खेलमा बर्ननलीले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा अग्रता लिएको थियो।

बेन मीले हेडमार्फत दिएको पासलाई ६ यार्ड बक्सभित्र रहेका क्रिस उडले पोष्टको दिशा दिएका हुन्।

जोए रोड्रिग्वेजले ५६औं मिनेटमा अग्रता दोब्बर बनाए।

उनले उडसँग ‘वान टु’ पासपछि गरेको प्रहार युनाइटेडका गोलकिपर डेबिड डी हियाले रोक्न सकेनन्।

बर्नलीले ओल्ड ट्राफोर्डमा दुई शुन्यको अग्रता लिएको यो लगातार तेस्रो सिजन हो।

तर, तीन अंक हासिल गरेको भने यो पहिलो हो। यसअघि दुबै सिजन बर्नली अग्रता लिए पनि बराबरीमा रोकिएको थियो।

चोटका कारण युनाइटेडमा मार्कुस राशफोर्ड थिएनन्। उनी कम्तिमा ६ हप्ता मैदान रहनेछन्।

मध्यान्तरमा समर्थकले युनाइटेडका खेलाडीलाई गिज्याएका थिए भने खेल सकिन पाँच मिनेट बाँकी छदै रंगशालाका अधिकांश भाग खाली भइसकेको थियो।

हारसँगै आले गनर सोल्सायरको टोली शीर्ष चारको क्लब चेल्सीभन्दा ६ अंकले पछि छ।

बर्नलीले १३औं स्थानमा उक्लिएको छ। जुन रेलिगेशन क्षेत्रको टोलीभन्दा सात अंकले माथि हो।

प्रतिक्रिया दिनुहोस्