टोकियो ओलम्पिकः आयोजक जापानलाई हराउँदै मेक्सिकोले जित्यो कास्य एजेन्सी। मेक्सिकोले आयोजक जापानलाई ३–१ ले हराउँदै पुरुष फुटबलको कास्य पदक जितेको छ। मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डोभा, जोन भाजक्वेज र इर्नोस्टो भेगाले गोल गरे। जापानको लागि सान्त्वना गोल काउरु मिटोमाले गोल गरे। पुरुष फुटबलको स्वर्ण पदकका लागि साविक विजेता ब्राजिल र स्पेनले शनिबार प्रतिस्पर्धा गर्दै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्