साफअघि नेपालले भारतविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्ने काठमाडौं। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिमले भदौ १७ र २० गते दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। एन्फाले शुक्रबार भारतविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो। साफ च्याम्पियनसिपका लागि पनि एन्फाले प्रस्ताव पठाएको छ। उक्त प्रतियोगिताका लागि नेपाल र माल्दिभ्सले आयोजनाको दाबी गरेको छ। पछिल्लो पटक नेपालले भारतविरुद्ध २०१७ मा मैत्रीपूर्ण फुटबल खेलेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्