टोकियो ओलम्पिकः भारतको महिला हक्कीले जितेन पदक एजेन्सी। भारतीय महिला हक्की टिम काश्य पदकका लागि भएको प्रतिस्पर्धामा बेलायतसँग ४–३ ले हारेको छ। भारतीय महिला टिम पहिलो पटक ओलम्पिकको सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो। बेलायतसँग पराजित भएपछि पहिलोपटक पदक जित्दै इतिहास रच्ने अवसरबाट भारतीय महिला टिम बञ्चित भयो। बेलयात रियो ओलम्पिकको स्वर्ण पदक विजेता टिम हो। भारतको पुरुष टिमले बिहीबार ४१ वर्षपछि काश्य पदक जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्