सिटी बलियो दाबेदार हो, तर उपाधि होड खुला छ : सोल्सायर एजेन्सी। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दाबेदार भए पनि उपाधि होड खुला रहेको बताएका छन्। जाडोन सान्चो र राफेल भरानलाई भित्राएको युनाइटेडका प्रशिक्षक भन्छन्, ‘आगामी सिजन उपाधिका लागि कडा प्रतिस्पर्धा हुनेछ। पछिल्लो समय सिटी र लिभरपुलबीच प्रतिस्पर्धा थियो। तर यसपटक चेल्सीले राम्रो चुनौती दिनेछ। र युनाइटेड पनि यो दौडमा बलियो दाबेदार हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्