वर्षाले प्रभावित पहिलो टेष्टमा कोहली ‘गोल्डेन डकआउट’ एजेन्सी। इङ्ल्यान्ड र भारतबीच जारी पहिलो टेष्टको दोस्रो दिन वर्षाले प्रभावित बनेको छ। २१–० को स्थितिबाट दोस्रो दिन थालेको भारत १२४–४ को स्थितिमा हुँदा वर्षाले खेल रोकिएको थियो। भारतका केएल राहुल ५७ र रिसव पन्त ७ रन बनाएर क्रिजमा छन्। कप्तान विराट कोहली गोल्डेन डकआउट भए। उनलाई जेम्स एन्डरसनले बट्लरमार्फत क्याच गरेका हुन्। एन्डरसनले दुई विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्