ग्रेलिस कीर्तिमानी रकममा सिटीमा अनुबन्ध गर्‍यो एजेन्सी। इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीले एष्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिसलाई बेलायतको कीर्तिमान रकम १० करोड पाउण्डमा अनुबन्ध गरेको छ। २५ वर्षे ग्रेलिसले सिटीसँग ६ वर्षको सम्झैता गरेका हुन्। उनले सिटीमा १० नम्बरको जर्सी लगाउने छन्। यसअघि २०१६मा म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पाउल पोग्बालाई ८ करोड ९० लाख पाउण्डमा अनुबन्ध गरेको रकम नै बेलायतमा खेलाडी स्थानान्तरणको सबभन्दा महंगो रकम थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्