मेस्सीले अन्ततः छोडे बार्सिलोना बीबीसी। अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले अन्ततः स्पेनिस क्लब बार्सिलोना छोडेका छन्। बार्सिलोनाले ‘आर्थिक र संरचनात्मक अवरोधका कारण’ मेस्सी क्लबमा रहन नसक्ने बताएको छ। ३४ वर्षे मेस्सीको गत जुलाई १ बाट बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो। सम्झौता समाप्त भएको दुई सातापछि बार्सिलोनासँग कम ज्यालामा रहन सहमत भएका थिए। तर यसको लागि भने क्लबले अन्य खेलाडी बेच्नु पर्ने अवस्था थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्