टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्